जसपाकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
nepalviews.com · Tue Sep 22 11:33:21 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार प्रदेश सभा सदस्य काफ्लेलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेश सभा सचिवालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै अदालतले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेशसमेत दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)