मन्त्री तामाङद्वारा भरतपुर आँखा अस्पतालको अनुगमन
reportersnepal.com · Tue Sep 22 11:35:50 GMT 2026

चितवन, ६ असोज । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आज भरतपुर आँखा अस्पतालको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री तामाङले त्यहाँ उपचाररत बिरामीसँग भलाकुसारी गरेका थिए । पर्साको ठोरीमा सञ्चालित आँखा अस्पतालमा उपचारका लागि आएका भारतीय बिरामी थप उपचारका लागि भरतपुर आएकाबारे उनले चासो लिएका थिए । ठोरीमा मोतियाबिन्दु र आँखामा पलाएका मासुको शल्यक्रिया बाहेकका शल्यक्रियाका लागि थप उपचारका लागि भरतपुर आउने गर्दछन् । उनीहरुले मन्त्री तामाङसँग कुरा गर्दै आफूहरु आँखाको उपचार गर्न नेपाल आउने गरेका बताए । अस्पतालको सेवा राम्रो भएको उनीहरुको प्रतिक्रिया थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)