नेपाल-मलेसिया प्रधानमन्त्रीस्तरीय संवादलाई २५ मेनपावर व्यवसायीको स्वागत
reportersnepal.com · Tue Sep 22 11:38:39 GMT 2026

काठमाडौँ । नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई पारदर्शी, मर्यादित र शोषणमुक्त बनाउने विषयमा दुवै देशका सरकार प्रमुखबीच उच्चस्तरीय छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवार इब्राहिमबीच मंगलबार बिहान भएको टेलिफोन वार्तामा रोजगारी क्षेत्रमा विद्यमान समस्या समाधान गर्नेबारे गम्भीर संवाद भएको हो।
संवादका क्रममा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारीका क्षेत्रमा देखिएका समस्याको स्थायी समाधानका निम्ति दुवै देशले संयुक्त पहल गर्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)