बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न कांग्रेस संसदीय दलको आग्रह
ratopati.com · Tue Sep 22 11:43:01 GMT 2026

सुदूरपश्चिम। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले बजेटको अभावमा प्रदेश सरकारका नियमित काम कारबाही, विकास निर्माण तथा सार्वजनिक सेवा प्रभावित हुन थालेको जनाउँदै तत्काल बजेटसम्बन्धी प्रक्रिया टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराएको हो।
संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा नियमित प्रशासनिक कामसमेत प्रभावित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै आगामी असोज १५ गतेभित्र बजेट पारित गर्न गरी प्रक्रिया टुङ्ग्याउन सरकारसँग आग्रह गरेको प्रदेशसभा तुल्सी देवकोटाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)