तानसेनमा एम्बुलेन्स सेवा
gorkhapatraonline.com · Tue Sep 22 11:40:45 GMT 2026

तानसेनको आधारभूत स्वास्थ्य केन्द्र र नेपाल परिवार नियोजन सङ्घले संयुक्त रुपमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । आधुनिक ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याइएको तानसेन नगरपालिकाले जनाएको छ ।
तानसेन र आसपासका बासिन्दालाई द्रुत, सुरक्षित र गुणस्तरीय आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ आधुनिक एम्बुलेन्स सेवा विस्तार गरिएको स्वास्थ्य केन्द्रका अध्यक्ष तथा वडाध्यक्ष सागरमान महर्जनले बताउनुभयो । ‘ख’ वर्गको एम्बुलेन्समा बिरामीको तत्काल उपचारका लागि आवश्यक पर्ने आधुनिक जीवनरक्षक स्वास्थ्य उपकरण र सुविधा वैधानिक मापदण्डअनुसार जडान गरिएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)