एल निनोको चपेटामा खाद्य उत्पादन, विश्व बजारमा मूल्य बढ्ने जोखिम
aarthiknews.com

काठमाडौँ। यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी, पानीको अभाव र डढेलोको जोखिम बढेको छ। यसको असर धान, पाम तेल र माछालगायत प्रमुख खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य बढ्न सक्ने चेतावनी दिइएको छ।
प्रशान्त महासागरको समुद्री सतहको तापक्रम सामान्यभन्दा बढी हुने प्राकृतिक जलवायु चक्रलाई एल निनो भनिन्छ। यसले विश्वका विभिन्न क्षेत्रमा खडेरी, उष्ण लहर, बाढीलगायत चरम मौसमी घटना निम्त्याउने गर्छ। यस वर्ष एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने र यसको प्रभाव सन् २०२७ सम्म रहन सक्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)