रेशम चौधरीको आममाफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज
annapurnapost.com · Tue Sep 22 11:40:02 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिट खारेज गरिदिएको छ। न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कडायतले दायर गरेको रिट खारेज गरिदिएको हो।
कडायत २०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन्। टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरीलाई गणतन्त्र दिवसका अवसरमा २०८० जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी कारागारमुक्त भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)