रेशम चौधरीको सजाय माफीविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज
kendrabindu.com · Tue Sep 22 11:50:29 GMT 2026

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई टीकापुर घटनामा भएको सजाय माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेको हो । चौधरीलाई सजाय माफी दिने निर्णयविरुद्ध टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)