सरकारलाई सर्वोच्चले सोध्यो, भरत दाहाल पक्राउको कारण
baahrakhari.com · Tue Sep 22 11:51:59 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग लेखक भरत दाहाललाई पक्राउ गर्नुको कारण माग गरेको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाल पक्राउको लिखित कारण पेस गर्न आदेश दिएको हो । दाहाललाई अदालतमा उपस्थित गराउन समेत सर्वोच्चले भनेको छ । दाहाल गत आइतबार (असोज ४) मोरङको बेलबारीबाट पक्राउ परेका थिए । उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)