सत्ता पक्ष र प्रतिपक्षको प्रश्न होइन, मान्छेको सास बाँकी हुँदा राज्य किन पुगेन? : ज्ञानबहादुर शाही
nagariknews.nagariknetwork.com · Tue Sep 22 11:58:43 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले रसुवा–भोटेकोशी बाढीपछि सुरुङमा फसेका व्यक्तिको उद्धारमा सरकारले पर्याप्त तत्परता नदेखाएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शाहीले सुरुङभित्र फसेका मानिसको उद्धारमा ढिलाइ गर्नु राज्यको कमजोरी भएको बताए।
उनले सुरुङभित्र मानिस फसेको जानकारी आफूहरूले घटनाको चार घण्टामै सरकारलाई गराएको र १२ घण्टाभित्र गृहमन्त्रीसँग समेत बसेर उद्धारका लागि आग्रह गरेको दाबी गरे। तर, उद्धार सुरु गर्न २४, ४८, ७२, १४४ हुँदै १६८ घण्टा र २६४ घण्टासम्म लागेको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)