चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु
kendrabindu.com · Tue Sep 22 12:00:22 GMT 2026

काठमाडौं । निर्देशक सौरभ चौधरीको महत्वाकांक्षी चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो ।
यो चलचित्रलाई उनले यसपटक अझ ठूलो क्यानभासमा निर्माण गर्न लागेका छन् । एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुने चलचित्रको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ । चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)