प्रसारण लाइन निर्माण : प्रभावितलाई १० करोड ३३ लाख मुआब्जा
nepalnews.com · Tue Sep 22 12:03:26 GMT 2026

तनहुँ। मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइन निर्माणको काम अघि बढेको छ। प्रसारण लाइन आयोजनाको रुट लट–२ अन्तर्गत रातमाटादेखि न्यु दमौलीसम्मको ४०.०२ किलोमिटर खण्ड तनहुँका पाँच पालिकाका १८ वडामा पर्नेछ।
एमसिए नेपालका तनहुँ सम्पर्क अधिकृत हुमनाथ ढकालका अनुसार उक्त खण्डमा १९९ वटा प्रसारण लाइन टावर निर्माण हुनेछन्। आयोजनाको निर्माण व्यवसायी एन्जिलक स्कीपर जेभी इन्डिया रहेको छ। एमसिए नेपालअन्तर्गत निर्माण हुने प्रसारण लाइनको कुल लम्बाइ ७२.४५ किलोमिटर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)