एसियाडमा आयोजक जापानलाई हराउँदै चीनले जित्यो महिला भलिबलको स्वर्ण
ratopati.com · Tue Sep 22 12:13:21 GMT 2026
काठमाडौँ। २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलको स्वर्ण पदक चीनले जितेको छ । मङ्गलबार भएको फाइनलमा चीनले घरेलु टोली जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेको हो ।
चीनले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि जापानलाई २५–२० ले हराउँदै चीनले खेलमा २–० को अग्रता बनायो । तेस्रो सेटमा भने जापानले सुरुवातमा अग्रता बनाए पनि चीनले उत्कृष्ट पुनरागमन गर्दै २५–२३ ले सेट आफ्नो पक्षमा पार्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)