११ औँ पाल्पा जिल्ला आईटीएफ तेक्वान्दो च्याम्पियनसिप तानसेन डोजाङलाई
annapurnapost.com · Tue Sep 22 12:07:19 GMT 2026
तानसेन : ११ औँ पाल्पा जिल्ला आईटीएफ तेक्वान्दो च्याम्पियनसिप तानसेन डोजाङले हात पारेको छ। प्रतियोगिता अन्तर्गत तानसेनले ११ स्वर्ण, ४ रजत र ११ कास्य गरी कुल २६ पदक जित्दै पहिलो भएको हो।
प्रतियोगितामा भुतपूर्व सैनिक डोजाङ् तानसेनले १० स्वर्ण, ११ रजत र ९ कास्यसहित ३० पदक जित्दै दोस्रो हुन सफल भएको छ। मातृभूमि डोजाङ देवीनगरले ६ स्वर्ण, ५ रजत र ६ कांस्यसहित तेस्रो स्थान हासिल गरेको छ। बिजु डोजाङ तानसेनले ५ स्वर्ण, ३ रजत र ६ कांस्यसहित १४ पदक जित्दै चौथो भएको छ शम्भु डोजाङ जल्पाले ३ स्वर्ण, ७ रजत र १० कास्य गरी २० पदक जितेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)