रेशम चौधरीको कैद माफीमिनाहा विरुद्धको रिट सर्वोच्चद्वारा खारेज, राष्ट्रपतिको निर्णय सदर
clickmandu.com · Tue Sep 22 12:25:14 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीलाई दिइएको कैद माफीमिनाहाविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ। यससँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा चौधरीलाई दिइएको सजाय माफी दिने निर्णयलाई अदालतले वैधानिकता प्रदान गरेको छ।
न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो रिट खारेज गर्ने फैसला सुनाएको हो। टीकापुर घटनामा ज्यान गुमाएका नेपाल प्रहरीका निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले राष्ट्रपतिको माफीमिनाहाविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)