लागूऔषधले भत्कायो दाम्पत्य जीवन, जेलमा पुगे युवा–युवती
annapurnapost.com · Tue Sep 22 12:21:56 GMT 2026

विराटनगर : पाँच वर्षसम्म प्रेम सम्बन्धमा रहेका इलाम र मोरङका युवा–युवतीले करिब एक वर्षअघि आफ्नो सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गरे। औपचारिक रुपमा विवाह दर्ता नगरे पनि उनीहरु श्रीमान–श्रीमतीकै रुपमा सँगै बस्दै आएका थिए। तर, सँगै जीवन बिताउने योजना बनाएको एक वर्ष नपुग्दै उनीहरुको यात्रा लागुऔषध मुद्दाका कारण जेलसम्म पुगेको छ।
भारतबाट ब्राउन सुगर खरिद गरेर नेपालतर्फ फर्कंदै गर्दा मोरङको रंगेलीमा पक्राउ परेका इलाम चुलाचुली गाउँपालिका–१ का २४ वर्षीय सम्योक वानेम फागो र मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की २१ वर्षीया भूमिका फागो भनिने भूमिका शेर्मा अहिले मोरङ कारागारमा छन्। जिल्ला अदालत मोरङका न्यायाधीश गोकुलबहादुर निरौलाको इजलासले सोमबार दुवैलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। इजलासको आदेशसँगै सबै जनालाई कारागार चलान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)