विकास निर्माणका काममा ढिलासुस्ती स्वीकार हुँदैन : मुख्यमन्त्री थापा
ratopati.com · Tue Sep 22 12:30:40 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा ढिलासुस्ती स्वीकार नहुने बताएका छन् । उपभोक्ता समिति वा निर्माण व्यवसायी जसले काम गरे पनि गुणस्तरहीन कामको भुक्तानी दिने र मूल्याङ्कन गर्ने प्राविधिक तथा कर्मचारीहरू स्वयं कारबाहीको भागीदार हुनुपर्ने उनले बताए ।
जिल्ला समन्वय समिति दोलखाद्वारा मङ्गलबार दोलखामा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले अनियमितता र कमजोरीहरूलाई सार्वजनिक गरी पारदर्शी बनाउन सञ्चारकर्मी तथा नागरिक समाजलाई आग्रह गरे । मुख्यमन्त्री थापाले स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहका सरकारका आ–आफ्ना जिम्मेवारी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)