नेकपाले सरकारविरुद्ध आन्दोलन गर्ने
nepalpress.com · Tue Sep 22 12:31:57 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सरकारविरुद्ध आन्दोलनको तयारी गरेको छ । आज पार्टी मुख्यालयमा बसेको कार्यसंयोजन समितिको बैठकमा सरकारविरुद्ध आन्दोलनबारे जानेबारे छलफल भएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।
उनले भने, ‘सरकारले जनविरोधी क्रियाकलाप गरिरहेको छ, महँगी, भ्रष्टाचार, सुकुम्वासीको बिचल्ली छ यीसहित राष्ट्रिय स्वाधीनता र राष्ट्रियताको पक्षको आन्दोलन अगाडि बढाउने निष्कर्ष बैठकले निकालेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)