सेटिङमा कुवेत उडे एक नेपाली, छानबिनमा तानिए अध्यागमन अधिकृत
onlinekhabar.com · Tue Sep 22 12:32:00 GMT 2026

६ असोज, काठमाडौं । श्रम स्वीकृति बिना नै एक नेपाली कुवेत उडेको पाइएको छ । हिजो सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक व्यक्ति श्रम स्वीकृतिबिनै कुवेत उडेको पाइएपछि अहिले छानबिन अघि बढाइएको छ ।
छानबिनका लागि विमानस्थलमा कार्यरत एक अध्यागमन अधिकृत अध्यागमन विभाग तानिएका छन् । विभागको नेपाली पोर्ट प्रणाली तथा सीसीटीभी फुटेजमा देखिएअनुसार ती यात्रु बिहान साढे ६ बजेतिर अध्यागमन प्रवेश गरेका थिए । अध्यागमन डेस्कमा करिब आधा घण्टा उनले बिताएको देखिन्छ । त्यतिबेला अर्को व्यक्तिसँग कुराकानी गरेको समेत देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)