टर्कीको विद्यालयनजिक गोली चल्दा ११ जना घाइते
gorkhapatraonline.com · Tue Sep 22 12:44:25 GMT 2026

टर्कीको पश्चिमी क्षेत्रमा रहेको एक उच्च माध्यमिक विद्यालय नजिक मङ्गलबार गोली चल्दा कम्तीमा ११ जना घाइते भएका छन् । घटनामा संलग्न भएको आशङ्कामा एक जनालाई पक्राउ गरिएको अधिकारीले बताएका छन् । न्यायमन्त्री अकिन गुर्लेकका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
मनिसा प्रान्तको तुर्गुत्लु जिल्लास्थित व्यावसायिक तथा प्राविधिक उच्च माध्यमिक विद्यालयअगाडि घटना भएको प्रान्तीय गभर्नरको कार्यालयले जनाएको छ । घटनालगत्तै प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । टर्कीको समाचार संस्था हाबरतुर्कका अनुसार पक्राउ परेका व्यक्ति सोही विद्यालयका विद्यार्थी हुन् । उनले आफन्तको घरबाट ल्याएको सटगन प्रयोग गरी विद्यालयनजिक गोली चलाएको र त्यसपछि पैदल भाग्ने प्रयास गरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)