भोटेकोशी बाढीपछि सम्पर्कविहीन सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
nepalnews.com · Tue Sep 22 12:44:33 GMT 2026

तनहुँ। रसुवाको भोटेकोशीमा गएको बाढीमा परी २७ दिनदेखि सम्पर्कविहीन नेपाली सेनामा कार्यरत तनहुँकी कृति कुमालको परिवारले अन्ततः उनको कुशको शव बनाएर अन्त्येष्टि गरेको छ।
व्यास नगरपालिका–५ की कुमाल रसुवाको टिमुरेस्थित श्रीनाथ गणमा सिपाही पदमा कार्यरत थिइन्। भोटेकोशीमा गएको बाढीपछि सम्पर्कविहीन उनको खोजीका लागि निरन्तर प्रयास गरिए पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले आज व्यास नगरपालिका-५ स्थित घाटमा कुशको शव बनाएर दाहसंस्कार गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)