कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल
annapurnapost.com · Tue Sep 22 12:33:33 GMT 2026

अर्घाखाँची : नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छिन्।
उनले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–उपगुटको अन्त्य गरी बलियो, सक्षम र जनतासँग जोडिएको काङ्ग्रेस निर्माण गर्नुपर्ने बताइन्। ‘काङ्ग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन। १५औँ महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्छ। आन्तरिक गुटको अन्त्य गर्दै सबै क्षलाई समेटेर बलियो र सक्षम काङ्ग्रेस निर्माण गर्नुपर्छ।,’ रिपोटर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले मंगलबार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उपसभापति भुसालले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)