मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुकुल ढकालको किचकिचबाट मुक्त भयो रास्वपा, महामन्त्री पदमा फर्कने वैधानिक बाटो बन्द

barnanmedia.com · Tue Aug 12 21:45:47 GMT 2025

मुकुल ढकाल, जो चिकित्सक पनि हुन् । रवि लामिछानेको संगतमा आएपछि नेता बने। रविले विश्वास गरेर उनलाई महामन्त्री बनाएर। स्वभावतः महामन्त्रीको काम संगठन चलाउने नै हो। तर, मुकुलमा यति दम्भ बढ्यो कि हुटिट्याउले संसार थामेको भ्रम पालेझैं आफूले रास्वपा धानेको र आफू नरहेको रास्वपा नरहने भ्रममा रहे।

यही दम्भ र भ्रमका कारण रास्वपाबाट निस्काशनमा परेका मुकुल बेलाबेला पार्टीसँग किचकिच गरिरहन्थे। पछिल्लो पटक निर्वाचन आयोगले विवरण अद्यावधिकमा गरेको लापरवाहीका कारण उनी बलियो देखिएजस्तो भए। आफूलाई पहिलेझैं महामन्त्रीको जिम्मेवारीमा काम गर्न दिनु पर्ने भन्दै सर्वाेच्च अदालत पुगेका थिए, उनलाई विश्वास थियो, अदालतले पुनर्वाहली गरिदिन्छ। र, रविसहित रास्वपा नेताहरुमा भय थियो, नेकपा ब्यूताएझैं अदालतले मुकुलललाई पुनर्वाहली गरिदिन्छ कि ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)