रेशम चौधरीलाई राष्ट्रपतिले दिएको माफीमिनाहा सर्वोच्चद्वारा सदर
kalakarmi.com · Tue Sep 22 12:47:39 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिएको माफीमिनाहा सदर गरेको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीलाई दिइएको माफीमिनाहाविरुद्ध परेको रिट निवेदन खारेज गरेको हो ।
यससँगै गणतन्त्र दिवस २०८० का अवसरमा राष्ट्रपति पौडेलबाट चौधरीलाई दिइएको बाँकी कैद मिनाहा गर्ने निर्णयको संवैधानिक तथा कानुनी वैधतामाथि परेको चुनौती सर्वोच्च अदालतबाट टुंगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)