नर्सविहीन विद्यालय
nepalnews.com · Tue Sep 22 12:45:29 GMT 2026

विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिका-१० खोर्सानेस्थित सुकुना माध्यमिक विद्यालयमा बिहान १० बजे घण्टी बज्नासाथ कक्षाकोठातर्फ विद्यार्थीको लर्को लाग्छ। कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या ५ हजार ५ सय छ। विद्यार्थी संख्याका आधारमा यो कोशी प्रदेशकै सबैभन्दा ठूलो सामुदायिक विद्यालय हो। हजारौँ विद्यार्थीको चहलपहल हुने यति ठूलो शैक्षिक संस्थामा अचानक कसैलाई रिंगटा लागे, चोटपटक लागे वा किशोरीहरूमा महिनावारीसम्बन्धी आकस्मिक समस्या देखिए अहिले प्राथमिक उपचार गरिदिने कोही छैन।
विद्यार्थीलाई विद्यालय हाताभित्रै स्वास्थ्य सेवा, परामर्श र सचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले २०७६ सालमा यहाँ ‘विद्यालय नर्सिङ सेवा कार्यक्रम’ सुरु गरेको थियो। स्वास्थ्य निर्देशनालय, धनकुटामार्फत पाँचौँ तहकी एक जना नर्स खटाइएको थियो। तर, गत असारदेखि ती नर्सले विद्यालय छाडेपछि यो दरबन्दी रिक्त छ। तीन महिना बितिसक्दा पनि प्रदेश सरकारले नयाँ नर्स पठाउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)