भोटेकोशी बाढीमा बेपत्ता सिपाही २१ वर्षीया कृतिको २७ दिनपछि अन्त्येष्टि
kendrabindu.com · Tue Sep 22 12:49:35 GMT 2026

तनहुँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परी २७ दिनदेखि बेपत्ता नेपाली सेनामा कार्यरत तनहुँकी कृति कुमालको परिवारले अन्ततः उनको कुशको शव बनाएर अन्त्येष्टि गरेको छ ।
व्यास नगरपालिका–५ की कुमाल रसुवाको टिमुरेस्थित श्रीनाथ गणमा सिपाही पदमा कार्यरत थिइन् । भोटेकोशीमा गएको बाढीपछि बेपत्ता उनको खोजीका लागि निरन्तर प्रयास गरिए पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले आज व्यास नगरपालिका–५ स्थित घाटमा कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)