श्रम स्वीकृतिबिना प्रस्थान अनुमति दिने अध्यागमन अधिकृतको जिम्मेवारी खोसियो
annapurnapost.com · Tue Sep 22 12:44:33 GMT 2026

काठमाडौं : श्रम स्वीकृतिबिना कुवेत जान लागेका एक यात्रुलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक अधिकृतको जिम्मेवारी खोसिएको छ।
२०८३ असोज ५ गते श्रम भिसामा कुवेत प्रस्थान गर्न लागेका ती यात्रुलाई श्रम स्वीकृति नभएको अवस्थामा समेत प्रस्थान अनुमति दिइएको विषयमा प्रारम्भिक अनुसन्धान गर्दा अध्यागमन अधिकृतको संलग्नता हुन सक्ने देखिएपछि उनलाई जिम्मेवारीबाट अलग गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)