नेकपाले असोज १५ देखि दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने
ratopati.com · Tue Sep 22 12:53:24 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ। मंगलबार बसेकाे पार्टीको संयोजन समिति बैठकले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक व्यवस्थामाथिका चुनौती, संविधानको रक्षा तथा संगठन निर्माणलगायत विषयलाई अभियानसँग जोडेर अघि बढाउने निर्णय गरेको हो।
पार्टीले अभियानका क्रममा संगठन निर्माण तथा बाँकी रहेका संगठनात्मक कामको समायोजन, सदस्यता वितरण र नवीकरण अभियानलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ। अभियानको विस्तृत कार्ययोजना दसैँअघि बस्ने सचिवालय बैठकले पारित गर्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)