मुक्त कमैयाका समस्या समाधान गर्न माग
gorkhapatraonline.com · Tue Sep 22 12:52:57 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुक्त कमैयाका प्रतिनिधि मण्डलले मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
मुक्त कमैयाका गाँस, बाँस लगायतको समस्या लिएर मुख्यमन्त्री निवास पुगेका उनीहरुले समस्या समाधानका लागि गम्भीर बन्न प्रदेश सरकारलाई आग्रह गरेका हुन । मुक्त कमैयाका समस्या सुनिसकेपछि मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले मुक्त कमैयाको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)