‘कबड्डी ५’ को धमाकेदार टिजरमा एआईदेखि विपीनको रहस्यमय इन्ट्रीसम्म, मिरुनालाई भने लुकाइयो
khabarhub.com · Tue Sep 22 12:54:41 GMT 2026

काठमाडौं- बहुप्रतीक्षित नेपाली फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ। रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्मको करिब साढे ३ मिनेट लामो टिजरले यसपटकको कथा र पात्रलाई लिएर दर्शकमाझ कौतुहलता बढाएको छ।
टिजरमा विजय बरालले निर्वाह गरेको बिके र एआईबीचको कनेक्सनलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । यस्तै, दयाहाङ राईको काजी र नयाँ ‘मैया’का रूपमा देखिएकी सिर्जना गुरुङको प्रवेशले पनि टिजरमा नयाँपन थपेको छ । त्यसपछि विपीन कार्कीको इन्ट्रीले कथालाई थप रोचक बनाएको देखिन्छ भने अन्त्यमा रिश्मा गुरुङको प्रवेशसँगै टिजर टुंगिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)