मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धार्मिक सहिष्णुताका लागि लामा, बज्राचार्य र ब्राह्मण गुरूबाट महाङ्कालको पूजाअर्चना

barnanmedia.com · Tue Aug 12 21:57:18 GMT 2025

काठमाडौँ, २८ साउनः श्री बौद्धनाथ क्षेत्र विकास समितिले धार्मिक सहिष्णुता अझ मजबुत बनाउन लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूबाट महाङ्कालको पूजाअर्चना गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा मनाएको छ ।

पूजामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईले पनि लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूद्वारा गरिएको पूजापद्धतिको अवलोकन गर्नुभयो । उहाँहरूले महाङ्कालको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्दै धार्मिक सहिष्णुता कायम राख्न समितिले गरेको कामको प्रशंसा समेत गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)