ट्रेलरमा ‘टनेल २६’: वास्तविक घटनाबाट प्रेरित, असोज २३ देखि नेपाल र भुटानमा प्रदर्शन
kalakarmi.com · Tue Sep 22 13:00:22 GMT 2026

काठमाडौं- नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६: द कर्स बिनिथ द माउन्टेन’ को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
डिजास्टर जनरामा निर्माण भएको फिल्म असोज २३ गते अर्थात् अक्टोबर ९ देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा नेपाल तथा भुटानका निर्माता, कलाकार र प्राविधिक सहभागी थिए भने भुटानबाट १६ सदस्यीय टोली नेपाल आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)