पार्टी एकताका लागि नेकपाले बनायो तीन सदस्यीय वार्ता समिति
annapurnapost.com · Tue Sep 22 12:46:23 GMT 2026

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। समितिमा समितिमा प्रकाश ज्वाला, देव गुरुङ र गंगानारायण श्रेष्ठ रहेका छन्। वार्ता समितिले बुधबारबाट नै काम सुरु गर्ने र विप्लव समूहबाट विभाजित नेपाल कम्युनिस्ट पार्टी, एमाले लगायतका सम्पूर्ण वामपन्थी दलहरूसँग संवाद र वार्ता अगाडि बढाउने प्रवक्ता ज्वालाको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)