मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गिडिदहमा पदमार्ग र धर्मशाला निर्माण

rajdhanidaily.com · Sat Jul 13 23:10:45 UTC 2024

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा अवस्थित कर्णालीकै तेस्रो गहिरो ताल गिडिदहमा दुईवर्षभित्र क्षेत्रफल सार्वजनिक देखी पदमार्ग र धर्मशाला निर्माण भएको छ । गुमनाममा रहेको गिडिदहमा तातोपानी गाउँपालिका ४ को आयोजनामा २०७९ साल असोज ६ गते गते गिडिदह सम्मेलन भएको थियो ।

त्यस लगतै गिडिदहको प्रवद्र्धनमा जुटेको तातोपानी गाउँपालिका र ४ नम्वर वडाको सक्रियतामा यो तालको क्षेत्रफल समेत सार्वजनिक भइसकेको छ । गिडिदहमा पहिलो पटक ८४ जना सहित टोली पुगेर गिडिदह सम्मेलन गरिएको थियो । गिडिदह सम्मेलन पछि दुई वर्षभित्र गिडिदहमा थुप्रै प्रगति भएका छन् । तातोपानी गाउँपालिका वडा नम्वर ४ ले आज (शनिवार) पत्रकार सम्मेलन गर्दै गिडिदहमा दुईवर्षे प्रगति सार्वजनिक गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)