रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयले दियो १० अर्बको स्रोत सहमति
corporatenepal.com · Tue Sep 22 12:56:20 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रुपमा आपूर्ति गर्न तयारी अघि बढाएकी छिन् ।
आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट रु १० अर्ब बराबरको स्रोत सहमति प्राप्त भएको छ । स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)