इङ्ग्ल्यान्डकाे क्रिकेट टोलीको बङ्गलादेश भ्रमण अनिश्चित
Ujyaaloonline.com · Tue Aug 03 00:53:33 GMT 2021
काठमाण्डाै - इङ्ग्ल्यान्डकाे क्रिकेट टोलीको बङ्गलादेश भ्रमण अनिश्चित भएको छ । इङ्ग्ल्यान्डले सेप्टेम्बरदेखि अक्टोबरसम्म बङ्गलादेशको भ्रमण गर्ने तालिका रहेको थियो ।
कोरोना सङ्क्रमणकाे जोखिमका कारण भ्रमण अनिश्चित भएको क्रिकइन्फोले जनाएको छ । तर, इङ्ग्ल्यान्ड र बङ्गलादेशले औपचारिक रुपमा श्रृङ्खला स्थगितबारे बताएका छैनन् । इङ्ग्ल्यान्ड र बङ्गलादेशबीच एक दिवसीय र टी–ट्वान्टी श्रृङ्खला खेल्ने तालिका रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)