मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

barnanmedia.com · Tue Aug 12 22:07:00 GMT 2025

पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु दुई करोड १३ लाख लागतमा संरक्षण गरिएको हो ।

गाउँपालिकाले पोखरी तथा मन्दिर आसपासमा रहेका बस्तीलाई हटाएर पोखरीको संरक्षण गरेको जनाएको छ । जसअन्तर्गत पोखरीको घेराबारा, फूल रोप्ने टनेल, टायलसहितको फुटपाथ निर्माण गरिएको छ । पोखरी तथा पञ्चकन्या देवस्थलको विकास तथा विस्तारका लागि गाउँपालिकाले मुअब्जा दिएर यहाँका दुई वटा घर र तीन कित्ता जग्गा अधिग्रहण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)