रासायनिक मल किन्न १० अर्बको स्रोत सहमति
baahrakhari.com · Tue Sep 22 13:16:10 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी सिजनमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न तयारी अघि बढाएको मन्त्रालयले जनाएको छ ।
आगामी सिजनका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ । स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)