एसियाड उसु : थाउलोमा दीपक ११औँ, ५ जना खेलाडीको चुनौती समाप्त
ratopati.com · Tue Sep 22 13:34:21 GMT 2026
काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत उसुको थाउलो विधामा नेपालका दीपक हमालले पुरुष नानक्वान र नानगुन अलराउन्डमा ११औँ स्थान हासिल गरेका छन् ।
मंगलबार सम्पन्न प्रतिस्पर्धामा दीपकले कुल १९.३३३ स्कोर जोड्दै १८ खेलाडीमध्ये ११औँ स्थानमा प्रतियोगिता टुङ्ग्याएका हुन् । उनले नानक्वानमा ९.६६० र नानगुनमा ९.६७३ स्कोर प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)