कर्णाली नदीमा झुलुंगे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
nepalnews.com · Sun Jun 28 07:08:59 GMT 2026

भजनी। कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा झुलुंगे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ।
केही दिनअगाडि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सञ्चालन भएपछि कर्णाली नदी, आसपासका फाँटको सुन्दरता अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो। “गर्मी बढी छ, साँझको समयमा शीतलताका लागि पुलको अवलोकन गर्न जान्छौँ”, टीकापुर-५ का किरण चौधरीले भने, “यहाँ सोचेभन्दा बढीको सङ्ख्यामा आगन्तुकको घुइँचो हुँदोरहेछ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)