हलिया, कमैया, कम्लरी, हरुवाचरुवाले दिए संयुक्त आन्दोलनको चेतावनी
shilapatra.com · Thu Feb 16 16:24:00 GMT 2023
हलिया, कमैया, कम्लरी, हरूवाचरुवाले माग पूरा नभए संयुक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरी उनीहरूले आफ्ना माग सम्बोधन नभए आन्दोनमा जाने चेतावनी दिएका हुन् । सरकारले मुक्तिको घोषणा गरे पनि व्यवस्थापन नगरेको र घर न घाटको भएको उनीहरूको गुनासो छ ।
'हलिया, कमैया, कम्लरी, हरूवाचरुवाहरूको समस्या समाधान भएको छैन । २०५७ सालमा कमैयाको मुक्ति भयो, २०६५ मा हलियाको मुक्ति भयो, २०७० मा कम्लरीको मुक्ति भयो २०७९ मा हरूवाचरुवाको मुक्ति भयो,’ बाध्यकारी श्रम उन्मुलन समूहका संयोजक गणेश विकले भने, ‘मुक्तिको घोषणा भए पनि व्यवहारमा त्यसो हुन सकेको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)