मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा तीन ‘विपन्न एकल आमा’लाई सुरक्षित घरबास प्रदान

annapurnapost.com · Tue Sep 22 13:30:51 GMT 2026

तानसेन : रामपुर नगरपालिकाका तीन विपन्न तथा सहाराविहीन एकल आमाहरूले सुरक्षित र भूकम्पप्रतिरोधी घर पाएका छन्। नगरपालिकाले टुकी फाउन्डेसनसंगको साझेदारीमा निर्माण गरेका दुई कोठे भूकम्पप्रतिरोधी घर तथा शौचालय मंगलबार सहाराविहीन एकल आमाहरूलाई हस्तान्तरण गरेको हो।

१६ वर्षभन्दा कम उमेरका बालबालिका रहेका रामपुर नगरपालिका–२ खयरबोटकी बन्दना विश्वकर्मा, वडा नं. ४ छतिवन डाँडाकी विष्णुमाया राना र वडा नं. ६ माझटोलकी गनमाया घर्तीलाई घरको चाबी सुम्पिँदै सुरक्षित आवास प्रदान गरिएको हो। नगरप्रमुख रमणबहादुर थापाले श्रीमान गुमाएका र कमजोर आर्थिक अवस्था भएका महिलाहरूलाई सुरक्षित आवास दिन यो सहकार्य गरिएको बताए। आवाससँगै उनीहरूको जीविकोपार्जन र स्वरोजगारका लागि पनि नगरपालिकाले थप सहयोग गर्ने नगर प्रमुख थापाले प्रतिबद्धता जनाए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)