पुँजी बजारमा साइबर आक्रमण : कति सुरक्षित छ लगानीकर्ताको सम्पत्ति ?
ratopati.com · Tue Sep 22 13:51:26 GMT 2026

काठमाडौँ । सोमबार सेयर बजार कारोबार बन्द भयो । दुई दिनको सार्वजनिक बिदापछि खुल्न तयार भएको सेयर बजारलाई नेपाल स्टक एक्सचेञ्जको सूचनासँगै कारोबार स्थगित भएको थियो । यसरी बजार नै बन्द गर्नुपर्ने कारण अरू केही नभएर डाटा सेन्टरमा रहेको साइबर आक्रमण हो ।
नेपालमा ९० वटा ब्रोकर कम्पनी छन् । ती ब्रोकरले आफ्ना ग्राहकसँग गरेको कारोबारसम्बन्धी तथ्यांक राख्न दुई वटा डाटा सेन्टर प्रयोग गर्ने गरेका छन् । यसमध्ये ७२ वटा ब्रोकरको डाटा सेन्टरको काम डाटा हबले गर्ने गरेको छ भने बाँकी १८ वटा ब्रोकरको डाटा हिमालयन क्लाउडले व्यवस्थापन गर्दै आएको छ, यसमध्ये अधिकांश ब्रोकरको डाटामै साइबर आक्रमण भएसँगै कारोबार नै स्थगित गर्नुपरेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)