बुधबारबाट कोशी, बागमती र गण्डकीमा बर्षाको गतिविधि बढ्दै जाने
nepalsamaya.com · Tue Sep 22 13:51:53 GMT 2026

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। मध्य प्रदेशसहित कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)