कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु प्रतिक्षा बेन्च स्थापना
baahrakhari.com · Tue Sep 22 13:54:08 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी–जावलाखेल क्षेत्रका पाँच थानमा प्रतीक्षालय बेन्च स्थापना गरेको छ । बैंकले सर्वसाधारण तथा यात्रुको सहजता र सुविधालाई मध्यनजर गर्दै प्रतीक्षा–बेन्च स्थापना गरेको हो ।
बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतीक्षा–बेन्च स्थापना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)