मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

भानुभक्त आचार्य जन्मजयन्तीमा उहाँकै रचना वाचन

barnanmedia.com · Sat Jul 13 23:15:03 UTC 2024

आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । यसै अवसरमा अभिनव साहित्य समाजले आदिकवि भानुभक्त आचार्यका रचना वाचन कार्यक्रम गरेको छ ।

प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटी क्षेत्रमा साहित्यिक कार्यक्रम गर्दै आएको समाजले आज दुई सय ६९औँ साहित्यिक शृङ्खला गरेको थियो । यस शृङ्खलालाई भानुभक्तको जन्मजयन्ती केन्द्रीत गरिएको थियो । कार्यक्रममा साहित्यकार टङ्क केसीले भानुभक्तको जीवनी, कृतित्व र व्यक्तित्वका बारेमा प्रकाश पार्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)