२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी
khabarhub.com · Tue Sep 22 13:57:56 GMT 2026
काठमाडौं – जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपाल विजयी भएको छ । नेपालले थाइल्यान्डलाई पराजित गरेको हो।
समूह ‘बी’ मा रहेको नेपालले जापानको टोकाइ सिटिजेनमा आज भएको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ अंकले पराजित गरेको हो । खेलको पहिलो हाफमा नेपालले कमजोर खेल प्रदर्शन गरेको थियो । नेपाल पहिलो हाफमा १५–२४ अंकले पछि परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)