कोशीका ६५ विद्यालय नर्सविहीन, किन रोकियो पदपूर्ति प्रक्रिया ?
lokaantar.com

मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयमा ५ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । बालबालिका र विशेषगरी किशोरीहरूको स्वास्थ्य, महिनावारी स्वच्छता र प्राथमिक उपचारका लागि यहाँ विद्यालय नर्सको व्यवस्था गरिएको थियो । तर, गत असारमा कार्यरत नर्सले जागिर छाडेपछि यो विद्यालय अहिले स्वास्थ्यकर्मीविहीन छ ।
‘विद्यालयमा स्वास्थ्यकर्मी नहुँदा कति समस्या हुन्छ, सहजै अनुमान गर्न सकिन्छ,’ प्रधानाध्यापक हिक्मतबहादुर बस्नेत गुनासो गर्छन्, ‘नर्स पठाइदिन माग गर्दै मन्त्रालय र स्वास्थ्य निर्देशनालयमा कति पटक पुगेँ, लेखाजोखा छैन । तर, कसैले सुन्दैनन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)