१४ बुँदे माग राखी २२ दिनदेखि आन्दोलन
rajdhanidaily.com · Sat Jul 13 23:17:28 UTC 2024

राजविराज । विभिन्न १४ बुँदे माग राखी विगत २२ दिनदेखी आन्दोलनरत चार दलले शनिबार सप्तरीको डाक्नेश्वरी नगरपालिकाको बजार क्षेत्रमा प्रदर्शन गर्नुका साथै नगरप्रमुखको पुतला दहन गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र लोसपाका स्थानीय नेता तथा कार्यकर्ताको अगुवाइमा प्रदर्शन पश्चात् नगर प्रमुख रामलखन मुखियाँको पुतला दहन गरिएको हो । चार दलले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरि गत असार ७ गतेदेखी चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)