नेपाल फिल्म सोसाइटी र चलचित्र कलाकार सङ्घ अमेरिका शाखाद्वारा बाढीपीडितका लागि आर्थिक सहयोग
ratopati.com · Tue Sep 22 14:04:35 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र कलाकार सङ्घ अमेरिका शाखाले आर्थिक सहयोग उपलब्ध गराएका छन्।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको नेतृत्वमा रु तीन लाख ३३ हजार तीन सय ३३ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)